लगातार घट्दै सुनचाँदीको मूल्य, आज तोलाको कति ?

लगातार घट्दै सुनचाँदीको मूल्य, आज तोलाको कति ?

sun

आज पनि छापावाल सुन प्रति तोलामा १२०० रुपैयाँ घटेको छ । हिंजो ९४ हजार ३ सय रुपैयाँ रहेको छापावाला सुनको भाउ आज प्रतितोला तोलामा १२ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुन पनि घटेर आज प्रति तोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज ७० रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँ कारोबार भैरहेको छ । हिंजो चाँदी तोलाको ११ सय ९० रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ