साताको पहिलो दिन घट्याे सुनचाँदीको मूल्य, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

साताको पहिलो दिन घट्याे सुनचाँदीको मूल्य, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

sun

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ६०० रुपैयाँ प्रतितोलाका दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार कायम मूल्यबाट प्रतितोला ६ सय रुपैयाँका दरले घटेको हो ।

आइतबार छापावाल सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ प्रतितोला कायम भएको महासंघले जानकारी दिएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।यसअघि शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको थियो । महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

शुक्रबार कायम मूल्यबाट प्रतितोला १० रुपैयाँका दरले घट्दै चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कामय भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ