काठमाडौं । ए वन नेपाल लेदर क्राफ्ट प्रालीले नेपालमै छालाका सामान बनाइ नेपाली बजारमा उपलब्ध गराएको छ। विगत ४ वर्षदेखि नेपालमै लेदरको ज्याकेट बनाई बिक्रि बितरण गरिएको कम्पनीले भारत र पाकिस्तानबाट लेदर ल्याई आफ्नै फ्याक्ट्रीमा ठुलो परिमाणमा उत्पादन सुरु गरेको हो।
मास्टर तथा कालिगढ पनि भारतबाट ल्याएर कम्पनीले ज्याकेट, प्यान्ट, ब्याग, वालेट(पर्स), बेल्ट र क्याप बनाउने गरेको संस्थापक अनिल शाहले बताए ।
छाला जस्तै देखिने तर रेगजिनबाट बनेका चाइनिज ज्याकेटको तुलनामा केहि महंगो भएपनि उपभोक्ताले नेपालमै बनाइएको छालकै ज्याकेटमा ध्यान केन्द्रित हुन थालेको उनले बताए । उनले भने, ‘तर, अहिले नेपाली उपभोक्ताले गुणस्तरका कारण आफ्नै देशको उत्पादन छनोट गर्न थालेका छन ।’
कम्पनीले उपभोक्ताको रोजाई तथा उपभोक्ताले दिएको डिजाइन अनुसार पनि ज्याकेट बनाएर बेच्ने गरेको उनले बताए । कम्पनीको फेसबुक पेज (ए बान नेपाल लेदर क्राफ्ट प्रा लि) मा गएर पनि आफुलाई मनपर्ने डिजाइनको ज्याकेट देशभरका ग्राहकले अनलाइन अर्डर समेत गर्न सक्छन।
कम्पनीको घट्टेकुलोमा फ्याक्ट्री छ भने मैतिदेवी चोकमा शोरुम रहेको छ । शोरुममा ९ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको ज्याकेट तथा अन्य लेदरका सामानहरु पाइन्छन् । कम्पनीले ठमेल र दरबार मार्ग क्षेत्र लगायत देशका विभिन्न सहरका पसलमा आफ्नो उत्पादन दिंदै आइरहेको छ ।
जाडोको मौसम सुरु भए पनि कोभिड–१९ का कारण यस वर्ष उपभोक्ताहरु बढ्न नसकेको उनले बताए ।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ