नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले अझैपनि धेरै निहुँ खोजे प्रदेश र स्थानिय तहपनि खारेज हुनसक्ने चेतावनी दिएका छन् । युवा संघ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको ओली समूहको बृहद युवा भेलालाई सम्बोधन गर्दै उनले भने – ‘अझै निहुँ खोजिरहे नयाँ जनादेशका लागि प्रधानमन्त्रीले थप कदमपनि चाल्न सक्नुहुन्छ ।’
उनले भने, ‘हामी सबै तहको फ्रेस म्याण्डेट लिन तयार छौं, त्यस्तो निर्णयपनि हुनसक्छ ।’ उनले आगामी चुनावमा आफूहरुले गण्डकी प्रदेशका १८ वटा निर्वाचन क्षेत्र मध्ये सबै क्षेत्र जित्ने दाबी गरे । ‘दुई संगठन मिलेर १६ वटा निर्वाचन क्षेत्र जितेपनि अबको चुनावमो सबै जित्छौं’–उनले भने ।
प्रचण्ड र माधव नेपाललाई अझै नेता मान्न सकिने बताए । उनले भने,‘हामी अझै तपाईंहरुलाई नेता मान्छौं, तर सुध्रिनुस् ।’ उनले विदेशी शक्तिको आडमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध आन्दोलन भइरहेको बताए । नेपालबाट भारतीय लगाएत विदेशी शक्तिलाई हटाउने छौं ।’ उनले भने ।
ओली पक्षीय नेता अधिकारीले संसद पुर्नस्थापनाको कुनै गुञ्जायस नभएको दाबी गरे । संविधान अनुसारै दुई तिहाई जनमत प्राप्त प्रधानमन्त्रीले फ्रेस म्याण्डेट लिनका लागि चुनावमा गएकाले अब संसद पुर्नस्थापनाको निर्णय नहुने उनको भनाई थियो । उनले अविस्वासको प्रस्ताव दर्ता गर्नका लागि सभामुखले किर्ते गरेकोसमेत आरोप लगाए । अपराह्न ३ः३० बजे दर्ता भएको प्रस्तावलाई पूर्वाह्न १०ः३० नै दर्ता भएको भनेर सभामुखले हस्ताक्षर गरेर किर्ते गर्न खोजेको उनको आरोप थियो ।
मुलुकमा प्रधानमन्त्री ओलीले घोषणा गरेको मितिमा नै मध्यावधि चुनाव हुने र कसैले पनि चुनावलाई रोक्न नसक्ने भन्दै नेता अधिकारीले युवाहरुलाई चुनावको तयारीका लागि जुट्न आह्वान गरेका छन् ।
सम्बन्धित खबर
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
ओलीको गुनासो- समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा धक्का लाग्यो
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन