पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस २५ गते शनिवार कास्कीमा पनि प्रदर्शन गरेको छ । कास्कीका छ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
प्रवक्ता सिग्देलका अनुसार, प्रदेश सभा १‘क’ क्षेत्रको तालचोक, १‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’ को विरौटा, २ ‘ख’ को चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय, प्रदेश सभा ३‘क’ को हेमजा मिलन चोक र ३ ‘ख’ को लौरुक र वाम्दीबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक्रमापछि विरोध सभामा परिणत भएको थियो ।
विरोध सभालाई प्रदेश सभा क्षेत्रका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए ।
प्रदेश सभा क्षेत्र १ ख को विरोध सभामा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी सरकारले संविधानको भावना विपरीत काम गरेकाले प्रदर्शनमा उत्रनु परेको बताए । उनले भने,‘सरकारले राम्रो गरेको हेर्न मन थियो, तर भएन, जनताको सपना पार्टीको मुख्य योजना हो ।’
विरोध सभामा नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विर्जमान गुरुङ, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, कास्की काँग्रेस जिल्ला सदस्य अनिता तिमिल्सिना, मुस्लिम नेता सराफत अलिमिया, नेपाल तरुण दल क्षेत्र नं १ कास्कीका सभापति राधाकृष्ण तिवारी, युवा नेता यामबहादुर गुरुङ, भानु ढकाल, पोखरा १४ का वडा सभापति बोधबहादुर कार्की र पोखरा १० की कार्यवाहक सभापति निर्मला कार्कीले सम्वोधन गरेका थिए ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र १‘ख’ का सभापति कृष्ण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सचिव सरोज केसीले संचालन गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ