काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गते बाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताएका हुन ।
सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ गतेबाट खोप लगाउन शुरु गरिने जानकारी दिए ।
मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना साबधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरे ।
शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र सङ्कटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा महिलालाई नि:शुल्क लोकसेवा तयारी कक्षा
बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट
२०५६ देखि ११ र १२ कक्षा पास गर्न नसकेका विद्यार्थीका लागि अन्तिम मौका परीक्षा
त्रिवी स्नातकको अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र
आँधीखोला बोर्डिङको उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न
१० करोडमा प्रशासनिक भवन बनाउँदै गण्डकी विश्वविद्यालय
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो