काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित हात पार्दै विभागीय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ ।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफले फाइनलमा प्रवेश गरेको हो ।र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २०४ रनको लक्ष्य पुलिसले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै पुलिसले मात्र १७३ रन बनायो ।
पुलिसका लागि पवन सरार्फले ६१ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाउन सफल भए । त्यस्तै रासिद खानले ३४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान गरे ।
बलिङतर्फ एपीएफका लागि भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए । ९ ओभर २ बल बलिङ गरेका उनले १ मेडन ओभर पनि फालेका थिए । एपीएफका लागि कमल ऐरी, अविनास बोहोरा र कप्तान शरद भेषावकरले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । एपीएफका लागि शंकर रानाले ९६ बल खेल्दै ४ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै सन्दीप जोराले ३४ रन बनाउँदा भुवन कार्कीले ४२ रनको योगदान गरे ।
एपीएफका लागि कप्तान भेषावकरले १८ रन बनाए । एपीएफका लागि १०औं नम्बरमा ब्याटिङ गर्न आएका उनले अन्तिम दुई बलमा एक छक्का र एक चौका प्रहार गर्दा एपीएफले आफ्नो लक्ष्य २०४ बनाउन सफल भयो ।
बलिङतर्फ पुलिसका लागि आरिफ सेखले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभरसहित ३१ रन खर्चिए । त्यस्तै दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलले २र२ विकेट लिए । रासिद खान र सागर ढककालले समान एक–एक विकेट लिए ।
आजको जितसँगै एपीएफले अब उपाधिका लागि वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा