युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ । अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा युभेन्ट्सलाई पोर्टोले २-१ गोलअन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पोर्टोको जीतमा मेहेदी तारेमी र मोउसा मारेगाले गोल गरे । युभेन्ट्सका फेडरिको चिइसाले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमा नै पोर्टोले मेहेदी तारेमीको गोलमार्फत अग्रता लिएको थियो । दोस्रो हाफको पनि सुरुमै मारेगाले गोल गर्दै पोर्टोको अग्रता दोब्बर बनाए ।
८२औं मिनेटमा चिइसाले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए यद्यपि त्यसपछि गोल निस्कन नसक्दा युभेन्ट्स पराजित हुन पुग्यो ।
अब यी दुई टोलीबीचको दोस्रो लेगको खेल १० मार्चमा हुनेछ । उक्त खेलमा बराबरी वा जीत निकाले पोर्टो क्वाटरफाइनलमा प्रवेश गर्नेछ । युभेन्ट्सलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा १–० को जीत आवश्यक पर्नेछ ।
हालान्ड चम्कदा डर्टमुन्डको जित
युरोपेली च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार बोरुसिया डर्टमन्ड र एफसी पोर्टो विजयी भएका छन् । इर्लिङले आफ्नो उत्कृष्ट लय कायम राख्दै दुई गोल गरेपछि डर्टमन्डले सेभियालाई उसको घरमा ३–२ ले हराएको हो ।
घरेलु लिगमा खराब प्रदर्शन गरिरहेको डर्टमन्डले त्यसलाई बिर्साउने गरेर यो सफलता हात पारेको हो । अब दोस्रो लेगको खेल मार्च ९ मा जर्मन भूमिमा हुनेछ र त्यस अगाडि डर्टमन्ड अर्को चरणका लागि बलियो प्रत्यासी हुनेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो