रोनाल्डोको कीर्तिमान, युभेन्ट्सको सहज जित

रोनाल्डोको कीर्तिमान, युभेन्ट्सको सहज जित

ronaldo dybala juventus

साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए मा स्पेजियविरुद्ध सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियलाई ३-० ले पराजित गरेको हो ।

युभेन्ट्सको घरेलु मैदानमा खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा युभेन्ट्सले ३ गोल गर्‍यो ।

युभेन्ट्सका लागि ६१औं मिनेटमा अल्भारो मोराटा, ७१औं मिनेटमा फेडेरिको फिएसो र ८९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे । यस सिजन लिगमा रोनाल्डोको यो २०औं गोल हो । उनी लगातार १२ सिजन युरोपको टप फायभ लिगमा २० गोल गर्ने पहिलो खेलाडीसमेत बने ।

जितपछि तेस्रो स्थानको युभेन्ट्सले २४ खेलबाट ४९ अंक जोडेको छ । युभेन्ट्स अझै शीर्ष स्थानको इन्टर भन्दा ७ अंकले पछि छ भने दोस्रो स्थानको एसि मिलानभन्दा ३ अंकले पछि छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ