भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।
श्रममन्त्री गौरीशंकर चौधरीले कोरिया सरकारको माग अनुसार पूर्वाधारको काम गर्न केही आवश्यक पर्ने भएकाले कम्तीमा एक महिनायता कोरिया रोजगारी सुचारु नहुने बताए । पछिल्लो समयमा कोरियामा कोरोना भाइरसको त्रास बढेको भन्दै कोरिया सरकारले सबै आप्रवासी कामदारलाई रोक लगाएको छ ।
‘भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये कतिपयको रोजगारीमा कोरिया पुगिसक्नुपर्ने अवधि सकिने भएकाले चाँडो रोजगारी सुचारु गर्न आग्रह गरिसकेका छौँ,’ उनले भने, ‘रोजगारी सुचारु गर्न कोरियाले केही सर्त राखेको छ, जुन पूरा गर्न कम्तिमा एक महिना लाग्ने देखिन्छ ।’
हालको प्रावधानअनुसार कोरियन भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षभित्र रोजगारीका लागि कोरिया पुगिसक्नुपर्छ । भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षभित्र जान नसके पुनः भाषा परीक्षामा सहभागी हुनुपर्छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ