कोरोना संक्रमणको जोखिम बढेसँगै परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्न शिक्षा मन्त्रालयले सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ ।
भारतसँगै पश्चिमा देशहरुमा पनि कोरोना संक्रमणको दर उच्च भएपछि नेपालको स्वास्थ्य मन्त्रालयलले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न आग्रह गरेको थियो ।
मन्त्रालयले शिक्षण संस्थाहरूले स्वास्थ्य मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहवाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्न तथा सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।
विद्यालयहरूले दैनिक पठन पाठन सञ्चालन गर्दा भीडभाड नहुनेगरी गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७’ को पूर्ण रूपमा पालना गरि स्थानीय सरकारवाट निर्णय गरे बमोजिम गर्न गराउन अनुरोध गरेको छ ।
कार्यढाँचामा जोखिमका आधारमा विद्यालय सञ्चालन तथा बन्द गराउने जिम्मा स्थानीय तहलाई दिइएको छ ।
साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।
सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन