Gandak News
Our News Your Views

उकालो लाग्दै संक्रमण, स्वास्थ्य सामग्री सीमित

काठमाडौं । कोरोना संक्रमण फेरि उकालो लाग्न थालेको छ । सोमबार अढाई महिनायताकै धेरै संक्रमित देखिएका छन् । तर, कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारसँग मौज्दात स्वास्थ्य सामग्रीहरू भने सीमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर दुई सय ६६ संक्रमित देखिएका छन् । यो संख्या गत १४ माघयताकै सर्वाधिक हो । १४ माघमा चार हजार तीन सय ८२ नमुना परीक्षण गर्दा दुई सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, १५ माघमा तीन हजार ६ सय ९१ नमुना परीक्षण गर्दा दुई सय १३ जनामा संक्रमण देखिएको थियो ।

त्यसयता दैनिक एक सयको हाराहारीमा देखिँदै आएका संक्रमितको संख्या फागुनबाट दुई अंकमा झरेको थियो । तर, सोमबार देखिएको संक्रमितको संख्याले सबैलाई झस्काएको छ । यही अढाई महिनाको बीचमा संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा पनि अढाई महिनायताकै धेरै संक्रमित देखिएका छन् । गत १४ माघमा उपत्यकामा एक सय ४५ र १५ माघमा एक सय २३ संक्रमित देखिएका थिए । सोमबार देशभर देखिएका दुई सय ६६ संक्रमितमध्ये उपत्यकाका एक सय २७ जना छन् । यही अनुपातमा संक्रमण बढ्दै गए दुई महिनामा भयावह रूप लिने चिकित्सकहरूले बताएका छन् ।

‘अस्पतालमा सिरियस बिरामीहरू बढ्न थालेका छन् । पछिल्लो दुई हप्तामा मात्रै टेकु अस्पतालको आइसियूमा ११ जना संक्रमित भर्ना भएका छन् । सिकिस्त भएर बिरामी आउने क्रम बढेकाले संक्रमण समुदायस्तरमा बढ्दो अवस्थामा भएको बुझ्न सकिन्छ,’ टेकु अस्पतालका कोभिड चिकित्सक डा। अनुप बास्तोलाले भने, ‘यही अवस्था रहे आगामी जेठको पहिलो हप्तामा कोरोना संक्रमितको संख्या उत्कर्षमा पुग्ने देखिन्छ ।’

नयाँ पत्रिका

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस