स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ ।
केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ ।
दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ।
‘अहिले विद्यालय बन्द गर्नुपर्छ। पठनपाठन गर्ने हो भने अनलाइनबाट गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सेतोपाटीसँग भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्छ।’
विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताए ।
‘विद्यालयलगायत बन्द गर्न सिसिएमसीमा सिफारिस गरेका हौं,’ उनले भने, ‘बुधबार नै निर्णय गरेर सिसिएमसीमा पठाइएको छ।’
पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ। बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।
सम्बन्धित खबर
एसईईको तयारी पूरा
स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइन्छ : त्रिवि नवनियुक्त उपकुलपति बराल
त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त
त्रिविको सेवा आजदेखि अनलाइनबाटै
आइएसएमटी कलेजका ३१९ जना विद्यार्थी दिक्षित
मावि शिक्षकमा जागिर खुल्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग