विद्यालय तीन साता बन्द गर्ने विषयमा भोलि निर्णय गरिने

विद्यालय तीन साता बन्द गर्ने विषयमा भोलि निर्णय गरिने

School exam tanahun

कोरोना संक्रमण नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायलाई भोलि छलफलका लागि बोलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थालाई तीन हप्ता अनलाइन कक्षा सञ्चाालन गर्न सुझाव दिएपछि निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन, नेपाल (एन प्याब्सन) लगायत शैक्षिक सरोकारवाला निकायलाई छलफल गर्न बोलाइएको हो ।

कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिन सरोकारवाला निकायलाई बोलाइएको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ