शिक्षण संस्था तत्काल बन्द नगर्न सरोकारवालाहरुको सुझाव

शिक्षण संस्था तत्काल बन्द नगर्न सरोकारवालाहरुको सुझाव

School exam tanahun

सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन्।

शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए। गर्नैपरे स्थानीय तहहरुले त्यहाँको अवस्था हेरेर गर्नसक्ने नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले बताए।

छलफलमा सहभागी परीक्षण बोर्डका अध्यक्ष डा।चन्द्रमणी पौडेल,नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु,प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघहरुले विद्यालय बन्द नगर्न सुझाव दिएका हुन्।

छलफलमा उठेका कुराहरुलाई आफूहरुले सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा सचिव रामप्रसाद थपलियाले बताए। सीसीएमसीले भने संक्रमण बढेका ठाउँमा विशेष गरी काठमाडौंलगायतका शहरी क्षेत्रमा कम्तिमा ३ साता शिक्षण संस्था बन्द गर्न प्रस्ताव लगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds