लकडाउनको हल्लासंगै नगद पैसाको जोहो, बैंकमा डिपोजिट उल्लेख्यरुपमा घट्यो

लकडाउनको हल्लासंगै नगद पैसाको जोहो, बैंकमा डिपोजिट उल्लेख्यरुपमा घट्यो

nepali-cash

काठमाण्डौ – कोरोना कहरको दोश्रो चरणको लकडाउनको चर्चासंगै मानिसहरुले नगद जोहो गर्न थालेका छन् । गएको एक हप्तामा अर्थात बैशाख ३ गतेसम्ममा बैंकमा डिपोजिट उल्लेख्यरुपमा घटेको देखिएको छ ।

चैत्र मसान्तमा ३९ खर्ब ४४ अर्ब बैंकमा डिपोजिट रहेकोमा बैशाख ३ गतेसम्म ३९ खर्ब २७ अर्बमा झरेको थियो । त्यो क्रम जारी नै रहँदा बैशाख १० गते ३९ खर्ब २२ अर्ब मात्र बैंकका डिपोजिट रहेको नेपाल बैंकर संघले जनाएको छ ।

संघले सार्वजनिक गरेको रिपोर्ट अनुसार सो अवधिमा बैंकले गर्ने लगानीमा भने बृद्धि भएको देखिन्छ । बैशाख ३ गते ३५ खर्ब ६५ अर्ब बैंकहरुबाट लगानी भएकोमा सो बढेर १० गते ३५ खर्ब ८३ अर्ब पुगेको छ ।

यसरी हेर्दा लकडाउनको हल्ला चलेपछि मानिसहरुले के कसो होला भन्दै यसबिच मानिसहरुले नगद नै आफूसंग राखेको देखिएको छ । बैशाखका सुरुवाती १० दिनमा बैंकको निक्षेपमा २२ अर्बले कमी आउँदा लगानीमा भने १० अर्बले मात्रै बृद्धि भएको देखिन्छ । यसको अर्थ यी १० दिनमा मानिससहरुले १२ अर्ब रुपैयाँ आफूसंगै नगदकारुपमा राखेका छन् ।

सरकारले बैशाख १६ गतेदेखि निशेधाज्ञा गर्ने निर्णय गरिसकेको अवस्थामा बैंकको निक्षेपमा अझ उल्लेख्यरुपमा गिरावट आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ