काठमाण्डौ – कोरोना कहरको दोश्रो चरणको लकडाउनको चर्चासंगै मानिसहरुले नगद जोहो गर्न थालेका छन् । गएको एक हप्तामा अर्थात बैशाख ३ गतेसम्ममा बैंकमा डिपोजिट उल्लेख्यरुपमा घटेको देखिएको छ ।
चैत्र मसान्तमा ३९ खर्ब ४४ अर्ब बैंकमा डिपोजिट रहेकोमा बैशाख ३ गतेसम्म ३९ खर्ब २७ अर्बमा झरेको थियो । त्यो क्रम जारी नै रहँदा बैशाख १० गते ३९ खर्ब २२ अर्ब मात्र बैंकका डिपोजिट रहेको नेपाल बैंकर संघले जनाएको छ ।
संघले सार्वजनिक गरेको रिपोर्ट अनुसार सो अवधिमा बैंकले गर्ने लगानीमा भने बृद्धि भएको देखिन्छ । बैशाख ३ गते ३५ खर्ब ६५ अर्ब बैंकहरुबाट लगानी भएकोमा सो बढेर १० गते ३५ खर्ब ८३ अर्ब पुगेको छ ।
यसरी हेर्दा लकडाउनको हल्ला चलेपछि मानिसहरुले के कसो होला भन्दै यसबिच मानिसहरुले नगद नै आफूसंग राखेको देखिएको छ । बैशाखका सुरुवाती १० दिनमा बैंकको निक्षेपमा २२ अर्बले कमी आउँदा लगानीमा भने १० अर्बले मात्रै बृद्धि भएको देखिन्छ । यसको अर्थ यी १० दिनमा मानिससहरुले १२ अर्ब रुपैयाँ आफूसंगै नगदकारुपमा राखेका छन् ।
सरकारले बैशाख १६ गतेदेखि निशेधाज्ञा गर्ने निर्णय गरिसकेको अवस्थामा बैंकको निक्षेपमा अझ उल्लेख्यरुपमा गिरावट आउने अनुमान गरिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’