कास्की जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरुहरुले पदभार ग्रहण गरेका छन् ।
गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पदस्थापना गरिएको हो ।
कास्की जिल्ला खेलकुदका नवनियुक्त अध्यक्ष तोरण बहादुर बानियाँ, उपाध्यक्ष महेन्द्र गुरुङ (शिव), सचिव भिम पराजुली, कोषाध्यक्ष कञ्चन थापा (कोइराला) लगायत सदस्यहरु कुमार थिङ, तिलक बहादुर अधिकारी, राजन बडगामी, साङ्ग्रिला केसी मरासिनी, रुम बहादुर गुरुङ, केशव बहादुर थापा, नारायण भण्डारी, मनिशा गुभाजु र नन्दकली नेपालीले पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रममा मन्त्री गुरुङले नवनियुक्त पदाधिकारी, सदस्यहरुलाई माला लगाएर बधाई दिएका थिए । औपचारिक कार्यक्रममा कुनै सम्बोधन नगरेका उनले अनौपचारिक रुपमा भने खेलकुदका आफ्ना अनुभवहरु सुनाएका थिए । उनले भने– ‘तपाईंहरुको प्रोब्लम सुन्ने म छु, तपाईंहरुलाई केही परे भन्नुस्, तपाईंहरुलाई काम गर्न त ईजी छ ।’

उनले पोखरा रंगशालाको समेत अवलोकन गरेका थिए । मन्त्री गुरुङ पोखरा रंगशाला पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङले खेलकुद विकासका लागि मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । १३ औं दक्षिण एशियाली खेलकुद (साग) सबैको सहयोगले नै पोखरामा सफल रुपमा सम्पन्न भएको बताउँदै आम खेलप्रेमीहरुले पोखरा रंगशालाको विकास भएको हेर्न चाहेको बताए । उनले राखेप र प्रदेश खेलकुद परिषद् मिलेर नवांै राष्ट्रिय खेलकुद सफल आयोजना गर्नुपर्ने धारणा राखे ।

गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले शान्ति र समृद्धिका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै समाजमा खेलकुद बारे चेतना जागृत गराउन आवश्यक रहेको बताए । खेलकुद आयोजनाका हिसाबले गण्डकी प्रदेश अग्रभागमा देखिए पनि नतिजामा कमजोर रहेको जिकिर गर्दै गण्डकी प्रदेशको शाखलाई माथि उठाउन प्रदेश खेलकुद परिषद् योजनावद्ध रुपमा अघि बढिसकेको बताए ।
नवनियुक्त अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद विकास नभएसम्म भौतिक विकासले मात्रै प्रदेशको विकास मापन गर्न नसकिने बताए । उनले खेलकुदमा निजी क्षेत्रको सहभागिता गराउँदै खेल र खेलाडीको विकासमा अघि बढ्ने बताए । उनले समाजका हरेक अङ्गलाई खेलकुद विकासमा जोड्नु पर्ने अहिलेको आवश्यकता रहेको औँल्याउँदै त्यसका लागि सबैको सहयोगमा आफ्नो टीम अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कास्की जिल्ला खेलकुद विकास समितिका नवनियुक्त उपाध्यक्ष महेन्द्र गुरुङले खेलाडीलाई सुरक्षित वातावरण दिन सके त्यसले थप प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रमको सञ्चालन कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।


तस्वीरः सुदर्शन रञ्जित
मन्त्री मनाङे पहिलो औपचारिक कार्यक्रममा नै बोलेनन् !
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ