निषेधाज्ञामा डिजिटल माध्यमबाट कर भुक्तानी गर्न राजश्व विभागका महानिर्देशकको आग्रह

निषेधाज्ञामा डिजिटल माध्यमबाट कर भुक्तानी गर्न राजश्व विभागका महानिर्देशकको आग्रह

jhakka-prasad-aacharya

काठमाण्डौ – सरकारले निषेधाज्ञाबीच पनि डिजिटल माध्यमबाट कर भुक्तानी गर्न आग्रह गरेको छ ।

निषेधाज्ञा भएका क्षेत्रका करदातालाई डिजिटल भुक्तानीमार्फत् नै भएप नि कर तिर्न सक्ने भएकाले सरकारलाई राजश्व संकलनमा समस्या नहुने आन्तरिक राजश्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले बताए ।

हाल ५६ वटा जिल्लामा कर कार्यालय विस्तार भइसकेको र अधिकांश कार्यालयमा बैंक काउन्टर समेत भएको जानकारी दिँदै उनले त्यहाँको सेवालाई दोस्रो चरणको निषेधाज्ञाले कुनै पनि किसिमको असर नपर्ने बताए ।

‘कर्मचारीलाई आलोपालो सिस्टम मिलाएर सेवा प्रदान गरिरहेका छन्, निषेधाज्ञा भएको क्षेत्रमा पनि कर तिर्नका लागि कुनै समस्या छैन्,’ महानिर्देशक आर्चायले भने ।

कर तिर्नका लागि धेरै प्रविधिको विकास भएको भन्दै उनले एनसीएचएलमार्फत् एक पटकमा १० लाख रुपैयाँसम्म कर तिर्न सकिन बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ