कोरोना संक्रमण बढेसँगै दुई महिना पर धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा पनि अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याइएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितिबारे आङ्कलन गरिरहेको जनाएको छ । महामारीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० र १२ कक्षाको परीक्षा स्थगन भएका छन् । यी परीक्षा निर्धारण नभएसम्म पनि नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न असुविधा हुने देखिएको छ ।
मन्त्रालयल एसईई र कक्षा १२ को परीक्षाबारे निर्णय गर्न गठन गरिएको कार्यदलको प्रतिवेदनको प्रतिक्षामा छ ।राजपत्रमा प्रकाशित शिक्षा नियामावली अनुसार विद्यालयहरूले असार १ गतेदेखि नै नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने हुन्छ । तर कोरोनाको दोस्रो लहर सुरु भएसँगै सो कुरा व्यवहारमा लागु गर्न समस्या देखिएको हो ।
यसको व्यवहारिकता हेरेर पाठ्यक्रममा थप समायोजना गरी नयाँ भर्नाको नयाँ मिति तय गर्नुपर्ने देखिएको छ । विगतका वर्षमा चैतमा वार्षिक परीक्षा समाप्त भई वैशाखमा नयाँ भर्ना हुँदै आएको थियो । गत वर्ष शुरु भएको कोरोना महामारीले शैक्षिक क्यालेण्डर भताभुङ्ग पारेको छ ।
शहरका ठुला भनिएका निजी विद्यालयले भने शुल्क उठाउन आफूखुशी नयाँ भर्ना शुरु गर्ने तयारी गरेका छन् ।हाल कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा ५० लाख २८ हजार ८३ र संस्थागत विद्यालयमा १९ लाख ९३ हजार ५३९ गरी ७० लाख २१ हजार ६२२ विद्यार्थी छन् ।
काठमाडौं र पोखरा महानगरपालिकाले अनलाइन, अफलाइन तथा अन्य विकल्पको प्रयोग गरी जेठभित्र सबै वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन् । कक्षा ८ को भने बार्षिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ ।
असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्न केही स्थानीय तह तयार भए पनि समग्र शैक्षिक सत्र सुरु गर्न भने अन्योल देखिएको हो ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति
स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ