खतिवडाले घटाएको विदेशी चकलेटमा लाग्ने महशुल विष्णु पौडेलले बढाए

खतिवडाले घटाएको विदेशी चकलेटमा लाग्ने महशुल विष्णु पौडेलले बढाए

choklet

काठमाण्डौ । विदेशी चकलेटमा लाग्दै आएको भन्सार महशुल बढाएर पुनः ४० प्रतिशत पुर्याइएको छ ।

सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७७ -०७८ का लागि बजेट प्रस्तुत गर्दै आयातित चकलेट, कोका पाउडर, सिरप, क्रिमजस्ता चकलेटजन्य वस्तुहरुमा १० प्रतिशत भन्सार महशुल बढाएर ४० प्रतिशत पुर्याइएको जानकारी दिए ।

चालु आर्थिक वर्षको आर्थिक ऐन मार्फत सरकारले चकलेटमा लाग्ने भन्सार महशुल ४० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारेपछि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको चर्को आलोचना भएको थियो ।

विदेशी चकलेट आयात गर्ने व्यवसायिक घराना विशाल ग्रुपलाई मात्र पोस्ने गरी महशुल घटाइएको भन्दै खतिवडाको व्यापक आलोचना भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds