आजको मौसमः देशभर बदली, केही स्थानमा वर्षा हुने

आजको मौसमः देशभर बदली, केही स्थानमा वर्षा हुने

badali_mausam_ktm

देशभर आज सोमबारको मौसम बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्र (low pressure area) को सामान्य प्रभाव रहेको छ।

अहिले बिहान प्रदेश नं १ मा पुर्ण बदली र देशका अन्य भू–भागका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश नं.१ प्रदेश नं २ र बाग्मती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश नं. १ र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैबीच, प्रदेश १ र बाग्मती प्रदेशका  एक–दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ