मनाङ ङिस्याङमा बोलपत्र नपरेपछि वडा कार्यालयमार्फत नदीजन्य पदार्थ उत्खनन

मनाङ ङिस्याङमा बोलपत्र नपरेपछि वडा कार्यालयमार्फत नदीजन्य पदार्थ उत्खनन

dhunga

मनाङ । ढुङ्गा, गिट्टी र बालुवा उत्खननका लागि पटकपटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि मनाङ ङिस्याङ गाउँपालिका–६ कार्यालयले सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा दुईपटक सूचना प्रकाशित गर्दासमेत बोलपत्र नपरेपछि गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी वडा कार्यालयलाई उत्खननको अनुमति दिएको हो ।

गाउँपालिकाले २०७७ माघ २६ र फागुन २८ गते सूचना प्रकाशित गरे पनि कुनै कम्पनीको बोलपत्र परेको थिएन । पटकपटक सूचना प्रकाशन गर्दा कसैको बोलपत्र नपरेपछि वडा कार्यालयलाई गण्डकी प्रदेशसभाले पारित गरेअनुरुपको दरमा नदीजन्य पदार्थ उत्खननको अनुमति दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिए।

मनोमानी ढङ्गबाट नदीजन्य पदार्थ उत्खनन रोक्नका लागि यो माध्यम अपनाइएको गाउँपालिकाले जनाएको छ । बोलपत्र आह्वान गर्दासमेत नदीजन्य पदार्थ सङ्कलन नहुने अवस्था आएपछि गाउँपालिकाभित्रका विकास निर्माणलाई समेत आवश्यक पर्ने ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन गर्न नसकिएको जनाइएको हो ।

नदीजन्य पदार्थ उत्खननबाट सङ्कलित राजश्वको ४० प्रतिशत प्रदेश सरकारलाई र बाँकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा विकासका काममा लगानी गरिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ