०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी साउन मसान्तसम्ममा सार्वजनिक गरिने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले विद्यालयहरुलाई आन्तरिक मुल्याकंन गरि असार २० गतेभित्र शिक्षा विकास तथा समन्वय इकाइमा विवरण पठाउन भने पनि कतिपय क्षेत्रमा प्राकृितक प्रकोपका कारण ढिलाइ भएको छ ।
विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने समय तोकिएको छ । प्राप्तांकको पुनः परीक्षण र अन्य प्राविधकि कामहरु सकेर साउन मसान्तसम्ममा नतिजा सार्वजनिक गर्न सकिने परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।
गत एसईईका लागि देश भरिका पाँच लाख १७ हजार १२२ जनाले रजिष्ट्रेसन फाराम भरेका थिए । एसईईका नतिजा प्रकाशनको प्रक्रियामा रहेपनि उपत्यकाका अधिकांश नाम चलेका कलेजहरुले विद्यार्थी भर्नाका लागि रकम असुलिरहेका छन् । यस पटक कक्षा ११ को परीक्षा सहज रुपमा लिन सकिने भएकाले नयाँ भर्नाका लागि समस्या नहुने पनि राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
सम्बन्धित खबर
एभरग्रीनका बालबालिकाले मनाए वातावरण दिवस
कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर विक
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक [हेर्नुहोस्]
कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने
कक्षा १२ को परीक्षा नरोकिने, निजामती कर्मचारी खटाएर भएपनि सञ्चालन गर्ने
कक्षा १२ को परीक्षाबारे भोलि मंगलबार निर्णय हुने
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ