०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी साउन मसान्तसम्ममा सार्वजनिक गरिने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले विद्यालयहरुलाई आन्तरिक मुल्याकंन गरि असार २० गतेभित्र शिक्षा विकास तथा समन्वय इकाइमा विवरण पठाउन भने पनि कतिपय क्षेत्रमा प्राकृितक प्रकोपका कारण ढिलाइ भएको छ ।
विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने समय तोकिएको छ । प्राप्तांकको पुनः परीक्षण र अन्य प्राविधकि कामहरु सकेर साउन मसान्तसम्ममा नतिजा सार्वजनिक गर्न सकिने परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।
गत एसईईका लागि देश भरिका पाँच लाख १७ हजार १२२ जनाले रजिष्ट्रेसन फाराम भरेका थिए । एसईईका नतिजा प्रकाशनको प्रक्रियामा रहेपनि उपत्यकाका अधिकांश नाम चलेका कलेजहरुले विद्यार्थी भर्नाका लागि रकम असुलिरहेका छन् । यस पटक कक्षा ११ को परीक्षा सहज रुपमा लिन सकिने भएकाले नयाँ भर्नाका लागि समस्या नहुने पनि राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन