टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ जनाको सहभागिता रहने

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ जनाको सहभागिता रहने

tokiyo_olampic

काठमाडौँ । जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ ।

नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने जनाएको हो । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र ४ प्रशिक्षक सहभागी हुनेछन् । त्यसबाहेक अन्य पदाधिकारी रहेका छन् ।

पौडीबाट गौरिका सिंह, एलेक्जान्डर ग्याडिगाड शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् ।

टोकियो ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिका सिंहले नेपालको झण्डा बोक्ने छिन् । यस्तै टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ