नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत

नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत

crick

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुवै फर्म्याटमा यथावत रहेको हो ।

टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा छ । यस अघि पनि नेपाल १३ औं स्थानमै रहेको थियो ।

नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेको छ ।

नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा रहेको छ । यस अघिको वरीयतामा समेत नेपाल १६ औं स्थानमै रहेको थियो ।

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेको छ । भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ