काठमाडौँ । टोकियो ओलम्पिकमा सहभागी हुन आज (शुक्रबार) १० सदस्यीय टोली जापान जाँदै छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा जापान जाने टोलीमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन् ।
जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, सुटिङकी कल्पना परियार, सुटिङका प्रशिक्षक असिम यादव, नेपाल ओलम्पिक कमिटी एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, टिम लिडर रहेका सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सूर्य नारायण श्रेष्ठ जापान जाने छन् ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने आउँदो सोमबार पाँच सदस्यीय टोली जापान जाने छ । यस्तै साउन १० गते राखेप उपाध्यक्ष शिव कोइराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक इन्दिरा मल्ल र एनओसी उप–महासचिव पिताम्बर तिम्सिना जापान जाने छन् ।
यसअघि पौडीका तीन सदस्यीय नेपाली टोली जापान पुगिसकेका छन् । टोकियो ओलम्पिक आउँदो साउन ८ गतेदेखि हुँदैछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, चार प्रशिक्षक र पदाधिकारीसहित २६ सदस्यीय टोलीको सहभागिता रहनेछ ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरेकी थिइन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो