बुधबार कास्कीका ११२ सहित गण्डकीमा थप ३६३ जनामा कोरोना पुष्टि, २८१ कोरोनामुक्त

बुधबार कास्कीका ११२ सहित गण्डकीमा थप ३६३ जनामा कोरोना पुष्टि, २८१ कोरोनामुक्त

covid-19-corona

बुधबार गण्डकीका ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३० जनामा गरिएको नमुना परीक्षणमा ३६३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११२ जना, तनहुँका ३८ जना, गोरखाका १३ जना, लमजुङका २१ जना, नवलपुरका ७८ जना र स्याङ्गजाका ४६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका ३४ जना, बागलुङका तीन जना र म्याग्दी जिल्लाका १८ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६२ हजार ७२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २८१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५८ हजार ५७४ पुगेको छ।

बुधबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना र कास्की पोखरा महानगरपालिकाका दुई जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४१ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ