टोकियो ओलम्पिक: कल्पनाको राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक: कल्पनाको राष्ट्रिय कीर्तिमान

kalpana

काठमाडौं । सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् ।

उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । कल्पना वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन् । अब चार खेलाडीको प्रतिस्पर्धा बाँकी छ ।

टोकियो ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन हिजो भएको हो ।

जापानको राजधानी टोकियोमा हिजो विशेष समारोहकाबीच उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्सले बोकेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ