१३ औं साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई प्रस्ताव

१३ औं साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई प्रस्ताव

saff_championship

काठमाडौँ । नेपाललाई अक्टोबरमा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक प्रस्ताव आएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) बाट प्रतियोगिता आयोजनाका लागि आइतबार औपचारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

साफका महासचिव अनवारूल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ आयोजनाको औपचारिक प्रस्ताव गरेको एन्फाले जनाएको छ ।

महासचिव तुलाधरले साफ आयोजनाका लागि नेपालले बिस्तृत प्रस्ताव तयार गरि अनुमोदनका लागि साफलाई पठाईने बताएका छन् ।

अब एन्फाले पठाएको प्रस्तावको समीक्षापछि साफका अध्यक्ष र साफ कार्यकारी कमिटीले प्रतियोगिताको आयोजकका बारेमा अन्तिम निर्णय लिनेछ ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।

नेपालसँगै श्रीलंका, भारत र माल्दिभ्सले समेत आयोजनाका लागि दाबी गरेका छन् ।

यसअघि नेपालले सन् १९९७ र २०१३ मा च्याम्पियनसिपको आयोजना गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ