राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले गरे राजीनामा दिने घोषणा

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले गरे राजीनामा दिने घोषणा

abudallha

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकमा लेख्दै आफुले राजीनामा दिने घोषणा गरेका हुन् ।

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन् ।

नेम्बाङले गत तीन हप्तादेखि विभिन्न नाटक गरेको अब्दुल्लाहको आरोप छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत चैतमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ