काठमाडौँ । संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक उपस्थितिमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
शिक्षा तथा स्वास्थ्य समितिको आज मंगलबार सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देशन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ ।
समितिले ट्युशन शुल्क मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशनअनुसार कक्षा १२ को परीक्षाको व्यवस्था मिलाउन ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भौतिक उपस्थितिमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन ‘फी’ मात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन पनि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराए ।
सम्बन्धित खबर
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
आन्तरिक श्रोतबाट उपलब्ध सुविधामा अंकुश लगाइएपछि प्राध्यापकहरू आन्दोलित
शान्ति निकेतनमा बधाई तथा सम्मान, ४ जीपीए ल्याउने अनुपम र निश्चललाई जनही १ लाख
एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए
शान्ति निकेतनका निश्चल र अनुपमले ल्याए ४ जीपीए
एसईईमा ३.६ जीपीएभन्दा माथि ल्याउने विद्यार्थी ४८ हजार बढी
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा