काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।
एक सय ३५ रनको सामान्य लक्ष्य पाएको नेपालले ८२ रन बनाउँदा ७ विकेट गुमाएसँगै संकटमा परेको थियो । तर रोहित पौडेल र सोमपाल कामीबीच आठौं विकेटका लागि ५२ रनको साझेदारी भएसँगै नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर जित हासिल गरेको हो । रोहितले ४१ तथा सोमपालले अविजित २२ रन बनाए । त्यस्तै डेब्यु खेलाडी आशिफ शेखले ३० रन जोडे ।
यसअघि नेपालको उत्कृष्ट बलिङका कारण पीएनजी ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा सिमित हुन पुग्यो । लिगा सिआकाले सर्वाधिक ३० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४ विकेट लिए । डेब्यु खेलाडी बिक्रम सोब र कुशल मल्लले २÷२ तथा सोमपालले १ विकेट लिए ।
यस जितसँगै दुई खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो ।
नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृंखला भदौ २८ गतेदेखि शुरु हुनेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला