नेपाल र बंगलादेश महिला टिमबीचको पहिलो मैत्रिपूर्ण खेल आज

नेपाल र बंगलादेश महिला टिमबीचको पहिलो मैत्रिपूर्ण खेल आज

nepali girl football team

PIC: GOALNEPAL.COM

काठमाडौँ । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै छ । काठमाडौँको दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ ।

नेपालसँग दुईवटा मैत्रिपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली गत सोमबार नेपाल आएको हो ।

खेलमा दर्शकलाई पनि अनुमति दिइएको छ ।

उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपालले हङकङ र फिलिपिन्ससँग असोज २ र पाँच गते खेल्दैछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds