नेपालको अमेरिकामाथि शानदार जित

नेपालको अमेरिकामाथि शानदार जित

crick

काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा नेपालले अमेरिकामाथि शानदार जित हात पारेको छ । ओमान, नेपाल र अमेरिका सहभागि सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए ।

बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय ३० रन बनायो ।

अमेरिकाका लागि मोनान्क पटेलले शतकीय पारी खेले । एक सय १४ बल खेलेका पटेलले एक छक्का र नौ चौकाको मद्दतमा एक सय रन बनाएर आउट भए ।

बलिङतर्फ नेपालका विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए ।

लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर नेपाल छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेलमा आज मङ्गलबार ओमानसँग खेल्दैछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रबार खेल्नेछ भने आइतबार ओमानसँग खेल्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ