त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा ओमानसँग नेपाल ५ विकेटले पराजित

त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा ओमानसँग नेपाल ५ विकेटले पराजित

Nepali Cricket team u 19

फाइल तस्बिर

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत गएराति भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

ओमानमा जारी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो खेलमा भने हिजो ओमानसँग ५ विकेटले नैं हारेको हो ।

अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३२ औं ओभरमा ५ विकेट गुमाएर पुरा ग-यो।

ओमानको जितमा सुरुवाती ब्याट्सम्यान जतिन्दर सिंहको १ सय ७ रन महत्वपूर्ण रह्यो । नेपालका लागि आरिम शेखले ९० रन जोेडेका थिए ।

लिग–२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले ६ खेलमा ६ अंक जोडेको छ । ओमान ११ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा छ । श्रृंखलाको तेस्रो खेलमा नेपालले शुक्रबार अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ