काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
यसअघि मङ्गलबार भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । लिग–२ अन्तर्गत सन् २०२० को फेब्रुअरीमा घरेलु मैदानमा भएको दुई खेलमा पनि ओमानले नेपाललाई हराएको थियो ।
ओमानविरुद्धको खेल नेपालका लागि यस सिरिजको अन्तिम खेल हो । ४ खेलको सिरिजमा नेपालले ३ खेल खेल्दा १ मात्र जित हासिल गरेको छ ।
सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर, दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो । यस्तै शुक्रबार भएको दोस्रो भेटमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।
लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सात टोली रहेको लिग–२ मा एक टोलीले नौ श्रृङ्खलासहित कुल ३६ खेल खेल्ने छन्। लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु