एएफसी महिला एसियन कपः नेपालले आज हङकङसँग खेल्दै

एएफसी महिला एसियन कपः नेपालले आज हङकङसँग खेल्दै

nepali girl football team

PIC: GOALNEPAL.COM

काठमाडौँ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ ।

एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले हारेको थियो ।

फिलिपिन्सविरुद्धको हारसँगै नेपाल दबाबमा आएको हो ।

छनोटका लागि नेपालले आजको खेल जितेर मात्रै पुग्दैन । फिलिपिन्स र हङकङबीचको खेलको परिणाम कुर्नुपर्ने हुन्छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

नेपालले यस अघि हङकङविरुद्ध खेलेका दुबै खेलमा हार भोगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ