ईपीएलः उपाधिका लागि पोखरा र चितवन खेल्दै

ईपीएलः उपाधिका लागि पोखरा र चितवन खेल्दै

epl

पोखरा । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज शनिबार हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने फाइनलमा पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल १२ः१५ बजे सुरु हुनेछ ।

चितवनले पहिलो क्वालिफायरमा पोखरालाई हराउँदै फाइनलमा पुगेको हो । पोखराले भने दोस्रो क्वालिफायरमा भैरहवालाई हराउँदै चितवनसँगको भेट पक्का गरेको हो ।

पोखरा विनोद भण्डारीको कप्तानीमा र चितवन, सोमपाल कामीको कप्तानीमा खेल्दैछ । दुवै टोली पहिलो पटक ईपीएल क्रिकेटको फाइलनमा पुगेका हुन्।

यो संस्करणको ईपीएलमा चितवन र पोखराले दुई खेल खेलेकोमा दुवैमा चितवन विजयी भएको थियो।

ईपीएलको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds