साफ च्याम्पियनसिपः आज नेपाल र भारत खेल्दै

साफ च्याम्पियनसिपः आज नेपाल र भारत खेल्दै

nepal-football

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् ।

खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

यसअघिका दुई खेल जितेको नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो ।

भारत भने जारी प्रतियोगितामा संघर्ष गरिरहेको छ । उसले बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको छ ।

४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा रहँदा ३ अंकसहित माल्दिभ्स तेस्रो तथा २ अंक जोडेको भारत चौथो स्थानमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ