साफ च्याम्पियनसिपः आज नेपाल र भारत खेल्दै

साफ च्याम्पियनसिपः आज नेपाल र भारत खेल्दै

nepal-football

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् ।

खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

यसअघिका दुई खेल जितेको नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो ।

भारत भने जारी प्रतियोगितामा संघर्ष गरिरहेको छ । उसले बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको छ ।

४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा रहँदा ३ अंकसहित माल्दिभ्स तेस्रो तथा २ अंक जोडेको भारत चौथो स्थानमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ