नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण खेल आज हुँदै

नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण खेल आज हुँदै

football

काठमाडौँ । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज शुक्रबार इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा हुने नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजकिस्तान पुगेको नेपालले तयारी स्वरूप इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोट चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू–२३ टोलिसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।

छनोटका ११ समूहका शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ