नेपाल इन्डोनेसियासँग २–० ले पराजित

नेपाल इन्डोनेसियासँग २–० ले पराजित

football

काठमाडौँ । मैत्रीपूर्ण खेलमा नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम इन्डोनेसियाको यू–२३ टिमसँग पराजित भएको छ ।

ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार नेपाल इन्डोनेसियासँग २–० गोलको हार व्यहोरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको सुरुवातमा गोल खाएको थियो । ५५ औँ मिनेटमा इन्डोनेसियाले गोल गर्याे । त्यस्तै खेलको इन्जुरी समयमा इन्डोनेसियाले थप एक गोल गरे ।

२३ वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग आउँदो सोमबार खेल्दैछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग बिहीबार खेल्ने छ भने अन्तिम खेलमा लेबनानसँग आउँदो १४ गते खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ