राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

can_cricket_KwgzKRwhnO

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाले आवेदन दिएका छन् ।

गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएपछि रिक्त पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन खुल्ला गरेको थियो ।

त्यसका लागि विश्वभरबाट कुल ६० जनाले नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएको क्यानले जनाएका छन् ।

आवेदकमध्येबाट ‘सर्टलिस्ट’ गरेर छिट्टै अन्तर्वार्ता लिइने जानकारी क्यानले दिएको छ।

वाटमोरको प्रशिक्षणमा नेपालले ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेलेको थियो। त्यसयता नेपाली टीमले प्रशिक्षणसमेत गर्न पाएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ