पोखरामा भएको सृजनशील कपको उपाधी गैराबारीलाई

पोखरामा भएको सृजनशील कपको उपाधी गैराबारीलाई

srijansil kap

कास्की । पोखरामा भएको सृजनशील कपको उपाधी गैराबारी युवा क्लवले जितेको छ । कार्तिक १७ गते देखि संचालन भएको कपमा २१ टीमको सहभागीता रहेको थियो ।

पोखराको बास्कोटमा रहेको सृजनशील युवा कल्वले आयोजना गरेको सेभेन एसाइड फुटवल प्रतियोगितामा प्रथम भएको गैह्राबारी युवा क्लवले नगत २५ हजार, शिल्ड, मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो भएको आयोजक क्लवले शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको थियो । खेल अवधीभरको वेष्ट प्लेयर गैह्राबारी युवा क्लवका विक्रम गौतम (विपुल) घोषित भएका थिए । उनले मेडल प्रमाण पत्र तथा नगत सहित सम्मान गरिएको क्लवका अध्यक्ष राम अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा सर्वाधिक गोल कर्ता लामा गाउँ युवा क्लवका सरोज गुरुङ, म्यान अफ द म्याच सिर्जनशिल युवा क्लवका सागर परियार, उत्कृष्ठ गोल रक्षक दिनेश कामीले प्राप्त गरेका छन् ।

पोखराका २४, १८ र २३ नम्वर वडाका कल्वहरु बिच प्रतिस्पर्धा भएको थियो । केही समय अगाडी मात्रै क्लव वास्कोटमा यो क्षेत्रकै नमुना खेल मैदान निमार्णको लागि पहल गरिरहेको क्लवका अध्यक्ष अधिकारीले बताए । अध्यक्ष अधिकारीले भने, “युवाहरुलाई भातृत्व विकास गर्ने र अन्य गलत कामहरु लागुऔषध तथा दुव्यसनीबाट बचाउन पनि यो खेल आयोजना गरेको बताए ।

फाइनल खेलका प्रमुख अतिथी वडा नम्बर २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले निवार्चन क्षेत्रै कै गौरवको आयोजनाका रुपमा बास्कोट खेल मैदानलाई विकास गर्दै लैजाने लक्ष्य वडा कार्यालयको रहेको बताए ।

कार्यक्रममा जन प्रतिनिधि अग्नीधर त्रिपाठीले खेलकुद गतिविधिले कास्कीकोट पनि खेदकुदको धेरै सम्भावना रहेको हुँदा नयाँ हव बन्न सक्ने धारणा राखे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ