कास्की । पोखरामा भएको सृजनशील कपको उपाधी गैराबारी युवा क्लवले जितेको छ । कार्तिक १७ गते देखि संचालन भएको कपमा २१ टीमको सहभागीता रहेको थियो ।
पोखराको बास्कोटमा रहेको सृजनशील युवा कल्वले आयोजना गरेको सेभेन एसाइड फुटवल प्रतियोगितामा प्रथम भएको गैह्राबारी युवा क्लवले नगत २५ हजार, शिल्ड, मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो भएको आयोजक क्लवले शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको थियो । खेल अवधीभरको वेष्ट प्लेयर गैह्राबारी युवा क्लवका विक्रम गौतम (विपुल) घोषित भएका थिए । उनले मेडल प्रमाण पत्र तथा नगत सहित सम्मान गरिएको क्लवका अध्यक्ष राम अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा सर्वाधिक गोल कर्ता लामा गाउँ युवा क्लवका सरोज गुरुङ, म्यान अफ द म्याच सिर्जनशिल युवा क्लवका सागर परियार, उत्कृष्ठ गोल रक्षक दिनेश कामीले प्राप्त गरेका छन् ।
पोखराका २४, १८ र २३ नम्वर वडाका कल्वहरु बिच प्रतिस्पर्धा भएको थियो । केही समय अगाडी मात्रै क्लव वास्कोटमा यो क्षेत्रकै नमुना खेल मैदान निमार्णको लागि पहल गरिरहेको क्लवका अध्यक्ष अधिकारीले बताए । अध्यक्ष अधिकारीले भने, “युवाहरुलाई भातृत्व विकास गर्ने र अन्य गलत कामहरु लागुऔषध तथा दुव्यसनीबाट बचाउन पनि यो खेल आयोजना गरेको बताए ।
फाइनल खेलका प्रमुख अतिथी वडा नम्बर २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले निवार्चन क्षेत्रै कै गौरवको आयोजनाका रुपमा बास्कोट खेल मैदानलाई विकास गर्दै लैजाने लक्ष्य वडा कार्यालयको रहेको बताए ।
कार्यक्रममा जन प्रतिनिधि अग्नीधर त्रिपाठीले खेलकुद गतिविधिले कास्कीकोट पनि खेदकुदको धेरै सम्भावना रहेको हुँदा नयाँ हव बन्न सक्ने धारणा राखे ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’