कतारमाथि नेपालको दोस्रो जित

कतारमाथि नेपालको दोस्रो जित

cricket

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँगको टी–२० क्रिकेट सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा बुधबार भएको दोस्रो टी–२० मा ६१ रनले विजयी भएको छ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको थियो ।

तेस्रो तथा अन्तिम खेल आज बिहीबार दिउँसो पौने चार बजे हुनेछ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

उसका लागि कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय पारी खेल्दा कविता कुँवरले ३१ र अप्सी बेगमले अविजित रहँदै २३ रन बनाए । बलिङतर्फ एन्जेलिन मारेले दुई विकेट लिइन् ।

१ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतारको महिला टीमले १९.३ ओभरमा सबै विकेट गुमाएर ६८ रनमा समेटियो ।

उसका लागि कप्तान आयसाले २४ तथा केरि पोनसेटले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालका सरस्वती कुमारी एक्लैले चार विकेट लिँदा रुबिना क्षेत्रीले दुई विकेट लिइन् ।

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको सिरिज खेलिरहेको हो । एसिया छनोट आगामी सोमबारदेखि युएईमा हुँदैछ । जसका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ जाँदैछ ।

पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ७ गते भुटान, ९ गते कुवेत, १० गते मलेसिया र १२ गते युएईसँग खेल्ने तालिका छ ।

एसिया छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन् । शीर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ