प्रिती जिन्टा बनिन् जुम्ल्याहा बच्चाकी आमा

प्रिती जिन्टा बनिन् जुम्ल्याहा बच्चाकी आमा

preity-jin

काठमाडौँ । बलिउड अभिनेत्री प्रीति जिन्टाले जुडुवा बच्चाको जन्म दिएकी छन्।

बिहीबार उनले इन्स्टाग्राममार्फत यस्तो जानकारी दिएकी हुन्। उनले पति जीन गुडइनफसँग तस्बिर सेयर गर्दै डाक्टर, नर्स तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएकी छन्।

उनले बच्चाको नाम जय र जिया राखेकी छन्।

प्रितिले श्रीमानसँगको तस्वीर राख्दै लेखेकी छन्, ‘जीन (श्रीमान) र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र मायाले भरिएको छ किनकी हामीले हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गरेका छौं ।’

प्रीति जिन्टा र जीन गुडइनफले सन् २०१६ को फ्रेबुअरीमा विवाह गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ