काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको ३ खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा ऐतिहासिक क्लिन स्विप गरेको छ ।
बिहीबार कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा भएको अन्तिम टी–२० मा कतारलाई १ सय ९ रनले हराउँदै नेपालले सिरिज ३–० ले आफ्नो बनाएको हो ।
नेपालले आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।
नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५५ मात्र रन जोड्न सक्यो । जसका लागि अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरे ।
नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १–१ विकेट हात पारे । यसअघि नेपालले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रनको कीर्तिमानी योगफल बनाएको थियो ।
यो टी–२० राष्ट्रियमा नेपालले बनाएको हालसम्मकै उच्च योगफल हो । नेपालको लागि सीता राना मगरले अविजित रहदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ७२ बलमा ७ चौका प्रहार गरिन् । यता ज्योति पाण्डेले २४ रन र डोली भट्टले १२ रन बनाए, भने काजल श्रेष्ठ १२ रनमा आउट भइन् । सरिता मगर १७ रनमा अविजित रहिन् ।
त्यस्तै कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १–१ विकेट लिए ।
आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको सिरिज खेलेको हो । एसिया छनोट आगामी सोमबारदेखि युएईमा हुँदैछ । जसका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ जाँदैछ ।
पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ७ गते भुटान, ९ गते कुवेत, १० गते मलेसिया र १२ गते युएईसँग खेल्ने तालिका छ ।
एसिया छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन् । शीर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउनेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह