फिफा वरीयतामा नेपाल यथावत

फिफा वरीयतामा नेपाल यथावत

football

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।

नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ ।

अघिल्लो वरीयतामा पनि नेपाल १ सय ६९ औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ ।

यस्तै, छिमेकी देश भारत नेपाल भन्दा अघि १ सय ४ औं स्थानमा रहेको छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड, पाँचौ स्थानमा अर्जेन्टिना, इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds