महिला टी–२० विश्वकप छनोटः नेपाल हङकङसँग ५ विकेटले पराजित

महिला टी–२० विश्वकप छनोटः नेपाल हङकङसँग ५ विकेटले पराजित

mahila-cricket

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट क्रिकेटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित १८ ओभरमा पुरा गर्यो ।
हङकङका लागि मारिको हिलले सर्वाधिक ४४ रनको योगदान गरिन् ।

कप्तान केरी चनले १७ तथा नताशा माइल्सले १६ रन जोडिन् । इमा लाईले १३ रन जोड्दा शनजिन शहजाद ७ तथा यासमिन दासवानी २ रनमा आउट भए ।

नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक–एक विकेट हात पारे ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय चार रन बनायो ।

नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । ५८ बलको सामना गर्दा सीताले चार चौका प्रहार गरिन् । उनले नवौं ओभरमा रुचिता भेङकटेसलाई लगातार तीन चौका प्रहार गरेकी थिईन् ।

इन्दु बर्माले अविजित ३१ रन जोडिन् । उनले ३६ बल खेल्दा तीन चौका प्रहार गरिन् ।

काजल श्रेष्ठले २४ बल खेल्दै केवल ४ रन जोडिन् । उनी क्यारी चनको बलमा मारिको हिलबाट क्याच आउट भइन् ।

ओपनर कविता कुँवर पहिलो ओभरको दोस्रो बलमै आउट भइन् । बेट्टी चनले कवितालाई मारिको हिलबाट क्याच आउट गराएकी थिइन् ।

नेपालले ६ ओभरमा १४ रन जोड्दा एक विकेट गुमाएको थियो । बोर्डमा २१ रन हुदा नेपालले दुई विकेट गुमाएपनि सीता र इन्दुको जोडीले तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे ।

हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट हात पारे ।

नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्नेछ ।

यसैगरी तेस्रो खेल बिहीबार कुवेतविरुद्ध, चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने तय भएको छ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds