महिला टी–२० विश्वकप छनोटः नेपालले आज भुटानको सामना गर्दै

महिला टी–२० विश्वकप छनोटः नेपालले आज भुटानको सामना गर्दै

cricket

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज (मंगलबार) भुटानसँग खेल्दैछ ।

खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको थियो । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।

छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् ।

छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds