बसले ठक्कर दिंदा गोरखाका विद्यार्थी नेता देवकोटाको मृत्यु

बसले ठक्कर दिंदा गोरखाका विद्यार्थी नेता देवकोटाको मृत्यु

subarna_devkota

गोरखा । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक सुवर्ण देवकोटाको दुर्घटनामा मृत्यु भएको छ ।

पालुङटार नगरपालिका ४ घर भएका देवकोटाको तनहुँको भन्सार भन्ने ठाउँमा मङ्गलबार भएको दुर्घटनामा मृत्यु भएको हो ।

डुम्रे जाँदै गरेका देवकोेटा चढेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ना ६ ख ९१३४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका देवकोटाको डुम्रेको मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ